टि–२०: नेपालको पहिलो खेल लखनचोकको डिस्प्लेमा देखाइने

पाेखरा | जेठ २२, २०८१

टि–२०: नेपालको पहिलो खेल लखनचोकको डिस्प्लेमा देखाइने

पोखरा:  आइसिसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा आज नेपालले समूह चरणको पहिलो खेल  नेदरल्याण्डसँग खेल्दैछ । 

 

उक्त खेल पोखरा महानगरपालिकाले पोखरा ९ लखनचोक (पृथ्वीचोक) स्थित ठुलो डिसप्लेमा देखाउने भएको मेयर धनराज आचार्यले  फेसबुकमार्फत जानकारी दिएका छन्।

 

उनका अनुसार पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एड्भरटाइजिङ र एसकेसाउन्डसँगको सहकार्यमा उक्त खेल देखाइने छ ।

 

नेपाल र नेदरल्याण्डबीचको उक्त खेल राती ९ बजे बाट सुरु हुनेछ ।

 

यसअघि नेपाल सन् २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।

 

पोखराको मुख्यचोक भएकाले सवारी आवागमनलाई अवरोध नहुने गरी खेल हेर्न मेयर आचार्यको आग्रह छ ।

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्